काठमाडौं । भोजपुरको तिवारी भञ्ज्याङमा आयोजित वाम–लोकतान्त्रिक गठबन्धनको चुनावी सभामा बम विस्फोट भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महत सहभागी हुने सभामा बम विस्फोट भएको छ । तर बम विस्फोट हुँदा नेताद्वय भने पुग्न बाँकी थियो ।
कार्यक्रममा आएको भोजपुर अरुण गाउँपालिका घर भएका सुमल श्रेष्ठले बोकेको झोलामा भएको बम विस्फोट भएको हो । विष्फोटका कारण सुमलको खुट्टामा चोट लागेको छ भने एक महिला सामान्य घाइते भएका छन् । प्रहरीले सुमललाई पक्राउ गरेको छ ।