देश विकासको मिसन र भिजन एमालेसँग छ : केपी ओली 

इनरुवा । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनपछि एमाले नेतृत्वमा सरकार बन्ने दाबी गर्नुभएको छ । 

सुनसरीको कोसी गाउँपालिका–१, स्थित लौहकीमा एमाले र जसपाको संयुक्त चुनावी आमसभालाई बुधबार सम्बोधन गर्दै उहाँले लोकतन्त्रलाई संस्थागत गर्न र स्थिर सरकार गठनका लागि एमालेलाई बहुमतका साथ मतदाताले जिताउने र आफ्नो नेतृत्वमा सरकार बन्ने बताउनुभएको हो । 

उहाँले देश विकासको मिसन र भिजन एमालेसँग मात्र भएको जिकिर गर्नुभयो । देशको विकास गर्ने स्पष्ट खाका एमालेसँग रहेकाले मतदाताहरूले एमालेलाई जिताउने अध्यक्ष ओलीको भनाइ छ । देशको उत्तरी र दक्षिणी दुवै छिमेकी मुलुकसँग सन्तुलित सम्बन्ध स्थापित गरेर देशलाई विकसित मुलुकको रूपमा रुपान्तारण गरिने उहाँले बताउनुभयो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us