आज मध्यरातिबाट मौन अवधि सुरु

काठमाडौं। कात्तिक १७ गतेदेखि शुरु भएको चुनाव प्रचारप्रसार बिहीबार मध्यरातिसम्म गर्न पाइनेछ भने सीमा नाका हिजाे बुधबार रातिदेखि बन्द भएकाे छ । मङ्सिर ४ गते आइतबार बिहान ७ देखि ५ बजेसम्म सातै प्रदेशमा एक साथ प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदैछ । 

निर्वाचन आयोगले निर्वाचन हुनुभन्दा ४८ घण्टा अघि अर्थात् मङ्सिर १ गते मध्यराति १२ बजेपछि कुनै पनि उम्मेदवार र राजनीतिक पार्टीले निर्वाचन प्रचारप्रसारसँग सम्बन्धित गतिविधि गर्न नपाइने जनाएको छ । 

निर्वाचन सुरक्षाका लागि निर्वाचन हुनुभन्दा ७२ घण्टाअघि अर्थात् आज बुधबार राति १२ बजेदेखि मुलुकका सबै नाका बन्द गरिने भएको छ । बन्द नाका मतदान सकिएपछि मात्रै खुला गर्ने व्यवस्था छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *