काठमाडौं। नेपाली बजारमा सुनको मूल्य बिहीबार ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार सुनको मूल्य प्रतितोलामा रु। ४०० ले घटेर आज ९८ हजार रुपैयाँमा कारोबार हुने जनाएको छ । कात्तिक ३० गतेको तुलनामा आज सुनको मूल्य घटेको हो । कात्तिक ३० गते सुनको मूल्य प्रतितोला ९८ हजार ४०० रुपैयाँ थियो ।
यस्तै, तेजावी सुनको मूल्य पनि प्रतितोला ९७ हजार ९०० बाट घटेर ९७ हजार ५०० रुपैयाँ कायम भएको छ । सुनसँगै चाँदीको मूल्य पनि घटेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १२ सय ९५ रुपैयाँ रहेकोमा घटेर आज १२ सय ८५ रुपैयाँ कायम भएको हो ।