काठमाडौं। आमनिर्वाचनको विरोधमा निर्वाचन आयोग अगाडि कालो झण्डा देखाएर प्रदर्शन गर्ने मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) का कार्यकर्ताहरु पक्राउ परेका छन् । क्रान्तिकारी माओवादी निकट विद्यार्थी संगठनले शनिवार मध्यान्ह आमनिर्वाचनको विरोधमा कान्तिपथस्थित आयोगको कार्यालयअगाडि कालो झण्डा देखाएर प्रदर्शन गरेको हो । निषेधित क्षेत्रमा प्रदर्शन गर्न पुगेका वैद्य माओवादी निकट विद्यार्थी संगठनका अध्यक्ष हरिकृष्ण गजुरेलसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा एकजना छात्रा नेतृ पनि छिन्। उनीहरूलाई दरबारमार्ग प्रहरी वृत्तमा राखिएको छ।
मंसिर ४ गते प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत देशभर मतदान हुँदैछ। नेकपा क्रान्तिकारी माओवादी भने निर्वाचनको बहिस्कारसहित विरोध प्रदर्शन गरेको हो । सो पार्टी निकट विद्यार्थी संगठनका नेता तथा कार्यकर्ताले शनिबार मध्याहन्न कालोझण्डासहित काठमाडौँको कान्तिपथस्थित निर्वाचन आयोगको केन्द्रीय कार्यालयको मूलगेटमा कालोझण्डासहित प्रदर्शन गरेका हुन्।