नेकपा एकीकृत समाजवादी इन्द्रावती गाउँपालिकाको ५१ सदस्यीय कमिटी गठन

काठमाडौं । नेकपा एकीकृत समाजवादी इन्द्रावती गाउँपालिकाको ५१ सदस्यीय कमिटी गठन भएको छ । सिन्धुपाल्चोकका नेता ईश्वरी प्रसाद अधिकारीको अध्यक्षतामा ५१ सदस्यीय गाउँपालिका कमिटी गठन भएको हो ।

कार्यक्रममा एकीकृत समाजावदीका नेता मुनु सिग्देल, प्रदेश मन्त्री इन्द्रमाया गुरुङ , जिल्लाका नेता सोम सापकोटा लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिग्देलले नवगठित कमिटीले स्थानीय निर्वाचनमा विजयको झण्डा पहराउने विश्वास व्यक्त गर्नुभयो । ‘तपाईहरुको नवगठित संगठनले आगामी स्थानीय निर्वाचनमा कलम चिन्हबाट विजयको झण्डा फहराउन सफल हुनेमा विश्वास लिएको छु, सोही अनुरुपको तयारीमा लाग्नुहोला’, नेता सिग्देलले भन्नुभयो । नेता सिग्देलले जस्तै अन्य नेताकार्यकर्ताले पनि चुनाव केन्द्रित हुने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us