सञ्चार माध्यमबाट निर्वाचनमा प्रभाव पार्ने किसिमले दुष्प्रचार नगर्न प्रेस काउन्सिलको आग्रह

काठमाडौं। प्रेस काउन्सिल नेपालले सञ्चार माध्यमको नाम दुरुपयोग गरी राजनीतिक दल तथा उम्मेदवारका बारेमा सामाजकि सञ्जालमा अफवाहपूर्ण, दुष्प्रचार गरेको भन्दै आपत्ति जनाएको छ । आइतबार हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मौन अवधिमा विभिन्न सञ्चार माध्यमको मास्टहेड प्रयोग गरी बनाइएका विभिन्न दल तथा उम्मेदवारका समाचार शनिबार सामाजिक सञ्जालबाट सम्प्रेषण भएका थिए ।

त्यस्ता समाचार सामग्रीका सम्बन्धमा सम्बन्धित मिडियासँग जानकारी माग गर्दा ती शीर्षकमा समाचार सम्प्रेषण नगरेको र मिथ्या समाचार भएको जानकारी आएको काउन्सिलका सहप्रवक्ता एवं उपप्रशासकीय अधिकृत रामशरण बोहराले बताएका छन् । काउन्सिलले निर्वाचनमा प्रभाव पार्ने किसिमले अफवाहपूर्ण, दुष्प्रचारयुक्त, फेक न्युजबाट सजग रहन आग्रह गरेको छ । निर्वाचनको संवेदनशील घडीमा प्रभाव पार्ने उद्देश्यले कुनै माध्यमबाट दुष्प्रचारयुक्त, मिथ्या सूचना, भ्रामक टिकाटिप्पणी नगर्न तथा सामाजिक सञ्जालबाट समेत पोष्ट, सेयर, कमेन्ट नगर्न काउन्सिलले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us