निर्वाचन लोकतान्त्रिक व्यवस्थालाई संस्थागत गर्ने माध्यम: अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले लोकतान्त्रिक व्यवस्थालाई संस्थागत गर्न निर्वाचन नै महत्वपूर्ण माध्यम भएको बताउनुभएको छ।

रौतहट सदरमुकाम गौरस्थित श्रीराम जानकी कन्या आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गर्दै अध्यक्ष नेपालले निर्वाचनका माध्यमबाट आफैलाई शासन गर्ने व्यक्ति जनता आफैंले रोज्नुपर्ने भएकाले ध्यानपूर्वक मतदान गर्नुपर्ने बताउनुभयो ।

‘सत्ताको आडमा निरंकुश लादेर जनताले सामना गर्न पर्ने दिनहरू अब फर्केर आउँदैनन् । मुलुकमा निरंकुश व्यवस्था लागू गर्ने प्रयासहरू हामीले असफल पारिसकेका छौं ।’ आफ्नै जिल्लामा मतदाताको बीचमा मत खसाल्न पाउँदा खुसी लागेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us