शान्तिपूर्ण र उत्साहजनक रूपमा मतदान जारी

काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा जनप्रतिनिधि छान्नका लागि देशभर शान्तिपूर्ण र उत्साहजनक रूपमा मतदान भइरहेको छ । ७ बजेदेखि शुरु भएको मतदान बेलुका ५ बजेसम्म चल्नेछ ।

सबै मतदान केन्द्रमा बिहानैदेखि मतदाताको घुइँचो लागेको छ । अहिलेसम्म सबै ठाउँमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ ।

मतदानमा वृद्ध वृद्धा, अशक्त, गर्भवती, सुत्केरी लगायतको पनि उत्साहजनक सहभागिता रहेको आयोगले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us