दिउँसो साढे ३ बजे सम्म १५ मतदान केन्द्रमा मतदान रोकियो

काठमाडौं। प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत दिउँसो साढे ३ बजे सम्म अरु सबै ठाउँमा सामान्य रुपमा मतदान भइरहेको भए पनि १५ मतदान केन्द्रमा मतदान रोकिएको छ। मतदान रोकिएको स्थानमा मतदान सुरु गर्ने प्रयास भइरहेको निर्वाचन आयोगले जनाएको छ।

‘१५ वटा मतदान केन्द्रमा मतदान कार्य रोकिएको छ। यी रोकिएका मतदान केन्द्रमा मतदान कार्य संचालन गर्ने प्रयास भइरहेको छ,’ आयोगले भनेको छ।

यसअघि आयोगले मतदान स्थगित गर्नु परेमा आयोगसँगको छलफल पछि मात्रै गर्न निर्वाचन अधिकृतहरुलाई निर्देशन दिएको थियो। आज बिहान ७ वजे सुरु भएको मतदान अहिले ५ बजेसम्म जारी रहने छ। मतदान सकिएपछि निर्वाचन अधिकृतको कार्यालयमा मतगणना हुनेछ। प्रतिनिधिसभाको १६५ निर्वाचन क्षेत्रमै मत गणना स्थल तोकिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us