यात्रुबाहक बस दुर्घटना हुँदा ४ को मृत्यू

काठमाडौं। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत वीरगन्जबाट जनकपुरतर्फ गइरहेको यात्रुबाहक बस दुर्घटना हुँदा चारजनाको ज्यान गएको छ। घटनामा ३२ जना घाइते भएको सर्लाहीका प्रहरी प्रमुख एसपी कृष्ण प्रसाईंले बताउनु भयो।

बस सर्लाहीको फुलजोरस्थित पुलमा बिहान करिब ११ बजे दुर्घटनामा परेको हो। ना ४ ख ८५५५ नम्बरको बस पुलबाट खोलामा खसेको प्रहरीले जनाएको छ। विपरीत दिशातर्फबाट आइरहेको टाटा सुमोलाई साइड दिने क्रममा बस दुर्घटनामा परेको प्रहरीलाई प्रत्यक्षदर्शीले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us