सुर्खेतको सिम्तामा आज पुनः मतदान हुँदै

काठमाडौं। सुर्खेतको सिम्ता गाउँपालिका ६ मा आइतबार स्थगित भएको केन्द्रमा आज पुनः मतदान हुँदैछ । निर्वाचन कार्यालयका अनुसार सिम्ता गाउँपालिका–६ को सिम्ता बहुमुखी क्याम्पसमा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको मतदान सुरू भएको हो ।

मतदान अधिकृतको गल्तीका कारण प्रतिनिधि सभाको १०० मतपत्र प्रदेश सभाको बाकसमा खसेपछि उक्त केन्द्रमा विवाद सिर्जना हुँदा मतदान स्थगित गरिएको थियो । यहाँ २ हजार ९ सय मतदाता छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *