कांग्रेसका सभापति शेरबहादुर देउवा सातौं पटक प्रतिनिधिसभा सदस्यमा विजयी

काठमाडाैं। प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सातौं पटक प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ ।

निर्वाचन आयोगका अनुसार प्रधानमन्त्री देउवाले २५ हजार ५३४ मत प्राप्त गरी विजयी हुनुभएको हो । देउवाले स्वतन्त्र उम्मेदवार सागर ढकाललाई पराजित गर्नुहुँदै आफ्नो अपराजित यात्रा कायम राख्नुभयो ।

प्रधानमन्त्री देउवाका प्रतिद्वन्दी ढकालले १३ हजार ४२ मत प्राप्त गर्नुभएको छ । 

प्रधानमन्त्री देउवाले यसअघि २०४८, २०५१, २०५६, २०६४, २०७० र २०७४ मा डडेलधुराबाट विजयी हुनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *