काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधिसभातर्फको निर्वाचनमा पहिलो जीत हासिल गरेको छ । बाँके क्षेत्र नम्बर–२ बाट धवलशमशेर जंगबहादुर राणा विजयी हुनुभएकाे हाे ।
राणाले पूर्वमन्त्री तथा जनता समाजवादी पार्टीका नेता मोहम्मद इश्तियाक राईलाई पराजित गर्नुभयाे । राणाले २९ हजार ५७७ मत ल्याउँदा राईले २३ हजार ५२० मत मात्र प्राप्त गर्नुभयाे ।
कांग्रेसका सुदीप नरसिंह राणाले ४ हजार ४०३ मत प्राप्त गर्नुभयाे भने राष्ट्रिय स्वतन्त्र पार्टीका विनोद कुमार अग्रहरीले १ हजार ३३३ मत प्राप्त गर्नुभयाे ।