एकीकृत समाजवादी सशक्त ढंगबाट अघि बढेको छ: अध्यक्ष माधवकुमार नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा आफ्नो पार्टीले एमालेको भन्दा बढी सिट ल्याउने दाबी गर्नुभएको छ । 

आइतबार पार्टी निकट मुस्लिम इत्तेहाद संगठनको भेलामा सम्बोधन गर्दै अध्यक्ष नेपालले आगामी निर्वाचनमा एमाले एक दुई सिटमा सिमित हुने बताउनुभयो । उहाँले कर्णाली प्रदेशमा एकीकृत समाजवादी सशक्त ढंगबाट अगाडि बढिरहेको बताउँदै अधिकांश जिल्लामा एमालेभन्दा अगाडि रहेको दाबी गर्नुभयो । 

राष्ट्रियसभाको निर्वाचनमा एमालेलाई धुलिसात बनाएको बताउँदै आगामी निर्वाचनमा पनि एमालेको त्यस्ते हालत हुने अध्यक्ष नेपालको भनाइ छ । 

उहाँले स्थापनाकालमै आफ्नो पार्टी सुदूरपश्चिम, मधेस प्रदेश र कर्णाली प्रदेशमा एमालेभन्दा अगाडि रहेको बताउनुभयो । उहाँले सुदूरपश्चिममा त एकीकृत समाजवादी एक नम्बरमा रहेको दाबी गर्नुभयो । 

अध्यक्ष नेपालले अन्य पार्टीहरुको समेत विश्लेषण गर्दै देशमा माओवादी २ नम्बरमा र कांग्रेस ३ नम्बरमा रहेको दाबी गर्दै उमालेको अवस्था विचरा भन्नुपर्ने अवस्थामा रहेको जिकिर गर्नुभयो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us