राैतहट । पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल मतान्तर बढ्ने क्रम जारी छ। सुरुवाती चरणमा झिनो मतको अन्तरले देखिए पनि अहिले नेपालले ४ हजार बढी मतले अग्रता लिइरहनुभएकाे छ ।
गृह नगर जिल्ला रौतहट क्षेत्र १ मा सत्ता गठबन्धनबाट प्रतिनिधिसभाका उम्मेदवार नेपालले मतगणनाको पछिल्लो परिणाम अनुसार १७ हजार ४६५ मत प्राप्त गर्नुभएकाे छ ।
उहाँका निकटतम प्रतिद्वन्दी एमाले र जसपा गठबन्धनबाट प्रतिनिधिसभा सदस्यमा एमालेका उमेदवार अजयकुमार गुप्ताले १३ हजार २३९ मत प्राप्त गरि दोस्रो स्थानमा रहनुभएकाे छ।
रौतहट क्षेत्र १ को मतगणना जिल्ला सदरमुकाम गौरस्थित जुद्व माविको भवनमा जारी रहेको छ।