पोखरा । गोरखाका चारवटै प्रदेश सभा निर्वाचन क्षेत्रमा गठबन्धन उम्मेद्वार विजयी भएका छन् । गोरखा १ (क) मा माओवादीका कृष्ण धिताल, १ (ख) मा कांग्रेसका नन्दप्रसाद न्यौपाने, २ (क) मा नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटा तथा २ (ख) मा कांग्रेसका सुरेन्द्रराज पाण्डे विजयी हुनुभएको छ ।
गोरखा १ (क) मा धितालले १४२७६ मत ल्याएर एमालेका सुरेन्द्र थापालाई हराउनुभएको हो । निकटतम प्रतिस्पर्धी थापाले ८८०२ मत पाउनुभएको छ । १ (ख) मा न्यौपानेले १६२६५ मत ल्याएर एमालेका मोहन भट्टराईलाई पराजित गर्नुभएको हो । भट्टराईले ७५३३ मत पाउनुभएको छ ।
गोरखा २ (क) मा माओवादीको चुनाव चिन्हबाट लड्नुभएका देवकोटाले एमालेका राजु रानालाई पराजित गर्नुभएको हो । देवकोटाको १०२४७ मत आउँदा रानाले ४२०४ मत पाउनुभएको छ । (ख) मा कांग्रेसका पाण्डेले एमालेका बसन्त गुरुङलाई हराउनुभएको हो । पाण्डेले १५२२९ मत पाउनुभएको छ भने गुरुङले ४५२९ मत मात्रै ल्याउनुभएको छ ।