नेमकिपाका सुवाल ३० हजार मतान्तरसहित विजयी

भक्तपुर । भक्तपुर १ मा नेमकिपाका उम्मेदवार प्रेम सुवाल ३० हजार मतान्तरसहित विजयी हुनुभएको छ । विजयी सुवाल र एमालेका उम्मेदवारबीचको मतान्तर ३० हजार ७९३ रहेको छ ।

नेमकिपाका सचिव समेत रहेका सुवाल ४२ हजार ७६१ मतका साथ विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका नवराज गेलालले ११ हजार ९६८ मत पाउनुभयो भने राप्रपाका भरत खड्काले ९ हजार ३०३ मत प्राप्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us