काठमाडौं। सप्तरी निर्वाचन क्षेत्र नम्बर–१ ‘क’बाट नेकपा (एकीकृत समाजवादी) का उमेदवार गोविन्द न्यौपाने पुनः निर्वाचित हुनुभएको छ । उहाँ ११ हजार ४२९ मत ल्याएर मधेस प्रदेशसभा सदस्य पदमा दोहोरिनु भएको हो ।
शुक्रबार सार्वजनिक अन्तिम मतपरिणामानुसार उहाँका निकटतम प्रतिस्पर्धी जनमत पार्टीका उमेदवार नमेनदर पासवानले पाँच हजार ५५८ मत प्राप्त गर्नुभएको थियो ।