एमाले नेता गोकुल बास्कोटा विजयी

काठमाडौं । काभ्रेपलाञ्चोक क्षेत्र नम्बर २ मा नेकपा एमालेका नेता गोकुल बास्कोटा विजयी हुनुभएको छ । बास्कोटाले ४५ हजार ३४५ मत ल्याउनुभएको छ।

मतगणनाको सुरुवातदेखि नै नेपाली कांग्रेसका शिव हुमागाईंसँग पछि पर्दै आउनुभएका बाँस्कोटा अन्ततः प्रतिनिधिसभामा निर्वाचित हुनुभएको छ । पाँच दलीय गठबन्धनका लागि कांग्रेसका उम्मेदवार हुमागाइँले ३९ हजार ४८२ मत पाउनुभएको छ । यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दिनेश हुमागाईँले १० हजार ५७३ मत प्राप्त गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *