सुनसरीबाट प्रतिनिधिसभा सदस्यमा अशोक राई ४ सय ५३ मतान्तरले विजयी

काठमाडौं । सुनसरी क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा जनता समाजवादी पार्टीका उम्मेदवार अशोक कुमार राई ४ सय ५३ मतको मतान्तरले विजयी हुनुभएको छ । उहाँले १७ हजार ५९ मत प्राप्त गरेर विजयी हुनुभएको हो ।

राईले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गोमा तामाङले १६ हजार ६ सय ६ मत प्राप्त गर्नुभएको छ । यसै गरी बाम गठबन्धनबाट माओवादीका उम्मेदवार मुक्साहाङ मेन्याङ्बोले १३ हजार ८७ मत ल्याउनुभएको छ ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीको उम्मेदवार अशोक राई९अविरल०ले ७ हजार हजार ८ सय ४ मत ल्याउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *