काठमाडौं। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल संग आज बिहान बालुवाटारमा छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको छ।
अहिलेकै पाँच दलीय गठबन्धनबाट नयाँ सरकार बनाउने जमर्को उहाँहरूको छ। शनिबार प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच अहिलेकै गठबन्धनले नयाँ सरकार बनाउनेबारे समझदारी बनेको थियो।
बालुवाटार स्रोतका अनुसार आज बिहान एकीकृत समाजवादीका अध्यक्ष नेपाल र माओवादी अध्यक्ष प्रचण्डले देउवासँग छुट्टाछुट्टै कुराकानी गरेका हुन्। उहाँहरूबीच चुनावी परिणामको समीक्षा, समसामयिक राजनीति र भावी सरकारका विषयमा कुराकानी भएको बताइएको छ।