काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको जानकारी दिएको छ ।
तोलामा ३०० रूपैयाँले मूल्य घटेसँगै आज छापावाल सुनको मूल्य ९७ हजार ५०० रूपैयाँ कायम छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा ९७ हजार रूपैयाँ छ । हिजो छापावाल सुनको मूल्य तोलामा ९७ हजार ८०० र तेजाबी सुनको मूल्य ९७ हजार ३०० रूपैयाँ थियो ।