झापा। झापामा प्रतिनिधिसभा सदस्यतर्फ २३ हजार ९६० अर्थात् ५.८१ प्रतिशत मत र प्रदेशसभा सदस्यतर्फ २२ हजार ५६४ अर्थात् ५.४५ प्रतिशत गरि जम्मा ४६ हजार ५२४ मत बदर भएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी प्रकाश न्यौपाने जानकारी दिनुभयो।
जिल्लामा ६ लाख ६३ हजार ३ सय ११ जना मतदाता रहेकोमा प्रतिनिधिसभातर्फ ४ लाख ३६ हजार २ सय ६६ अर्थात् ६५.७७ प्रतिशत मत र प्रदेशसभातर्फ ४ लाख ३६ हजार ५८६ अर्थात् ६५.८२ प्रतिशत मत खसेको थियो। प्रतिनिधिसभातर्फ ४ लाख १२ हजार ३०६ मत र प्रदेशसभातर्फ ४ लाख १४ हजार २२ मत सदर भएको सूचना अधिकारी न्यौपानेले बताए। मतदाता शिक्षा कार्यक्रम प्रभावकारी नहुँदा जिल्लामा बदर मत सङ्ख्या बढेको मतगणनामा खटिएका राजनीतिक दलका प्रतिनिधिहरूले बताएका छन्।
मतदाताले एउटै मतपत्रमा दुईवटा भन्दा बढी स्वस्तिक छाप प्रयोग गर्नुका साथै ल्याप्चे समेत प्रयोग गरिएको मतगणनाको क्रममा भेटिएको प्रतिनिधिहरूको भनाइ छ। २०७४ सालको आम निर्वाचनमा ५ लाख ८५ हजार १६६ मतदाता रहेकोमा ४.७४ प्रतिशत अर्थात् १८ हजार ९१५ मत बदर भएको थियो।