भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ३२१ पुग्यो

एजेन्सी । इन्डोनेसियाको जाभा टापुमा यस हप्ता  गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ३२१ पुगेको छ । उद्धारकर्ताहरूले आइतबार थप शव फेला पारेको राष्ट्रिय प्रकोप न्यूनीकरण निकायले जनाएको छ।

जाभाको सिआनजुर शहरमा सोमबार ५.६ म्याग्निच्युडको भूकम्पल गएको थियो । अधिकांश पीडितहरू भवनहरू भत्किँदा र आसपासमा पहिरो खस्दा मारिएका थिए।

प्रकोप न्यूनीकरण एजेन्सीका प्रमुख सुहार्यान्तोले बताएअनुसार  पछिल्लो समय  तीन शव फेला परेसँगै आजसम्म मृत्यु हुनेको संख्या ३२१ पुगेको  हो ।  भुकम्पमा  फसेका ११ जना अझै बेपत्ता छन् । उद्धारकर्ताहरूले  खोजी तथा उद्धार कार्यलाई तीव्रता दिने  बताएका छन् ।

भूकम्पले ६२ हजार भन्दा बढी घरमा क्षति  पुगेको र ७३ हजार भन्दा बढी मानिसहरूलाई विस्थापित गरेको छ ।   प्रकोप एजेन्सीका प्रवक्ता अब्दुल मुहारीले अधिकारीहरूले अर्को हप्ता आपतकालीन उद्धारको अवधि १४ दिन भन्दा बढी विस्तार गर्ने कि नगर्ने भनेर निर्णय लिने छन् ।

सोमबारको भूकम्प सन् २०१८ को भूकम्प पछि द्वीपसमूह राष्ट्रमा सबैभन्दा घातक रहेको जनाइएको छ ।  सुनामीले सुलावेसी टापुमा चार हजार भन्दा बढी मानिसको ज्यान लिएको थियो।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us