काठमाडौं। आइतबार बजारको परिसूचक नेप्से ४१ अंक झरेर २५७२ अंकमा कायम भएको छ । केही दिनसम्म तल्लो विन्दुका रुपमा २६ सय आसपासको अंकमा टेवा पाइरहेको सेयर बजार आइतबार भने झरेको छ । १६६ कम्पनीको मूल्य घट्यो भने २५ को बढ्यो, तीनको स्थिर रह्यो ।
कारोबार रकम भने बढेको छ । ४ अर्ब ९८ करोड रुपैयाँको कारोबार भयो । निर्जीवन बीमाबाहेकका सबै उपसमूह घटेका छन् । सो उपसमूह १३३ अंकले बढ्यो । कारोबार सुरु हुँदा १० मिनेटसम्म उच्च दरले बढेको जीवन बीमा उपसमूह त्यसपछि क्रमिक ओरालो लाग्दै अन्तिममा ९८ अंक घट्न पुग्यो ।