नेपाली कांग्रेस प्रतिनिधिसभाको प्रत्यक्ष तर्फ हालसम्म ५३ सिट जितेर अग्र स्थानमा

काठमाडौं । प्रतिनिधिसभाको हालसम्म सार्वजनिक भएको प्रत्यक्ष तर्फको १५९ क्षेत्रको मत परिणाममा नेपाली कांग्रेसले ५३ सिट जितेर सबैभन्दा ठूलो दलको हैसियत बनाएको छ भने ३ निर्वाचन क्षेत्रमा अग्रता कायम गरेको छ । दोश्रो दल रहेको नेकपा (एमाले)ले ४१ सिट जितेर २ स्थानमा अग्रता लिएको छ ।

तेश्रो स्थानमा पनि सानो दलको रुपमा खुम्चिएको नेकपा (माओवादी केन्द्र)का उम्मेदवारले १७ स्थानमा जितेका छन् भने कुनै पनि क्षेत्रमा अग्रता लिएको छैन । त्यसैगरी प्रत्यक्षमा १० सिट जितेर नेकपा एकीकृत समाजवादी चौथो दलको हैसियतमा छ । राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले ७–७ सिटमा जितेका छन् ।

त्यस्तै जनता समाजवादी पार्टीले ६, लोकतान्त्रिक समाजवादी पार्टीले ४, नागरिक उन्मुक्ति पार्टीले ३, नेपल मजदुर किसान पार्टीले १, जनमत पार्टीले १ राष्ट्रिय जनमोर्चाले र स्वतन्त्र उम्मेदवारहरुले ५ सिटमा विजय हासिल गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us