काठमाडौं। काठमाडौं महानगरले सकुम्बासी र भूमिहीन व्यवस्थापनका लागि गरेको सहमति कार्यान्वयन नगरी दमन गर्न खोजेको भन्दै थापाथलीमा बस्दै आएका सुकुम्बासीहरुले आज महानगर कार्यालय रहेको बागदरबार अघि पुगेर विरोध विरोध प्रदर्शन गरेका छन्।
प्रदर्शनकारीहरुले भूमिहीनलाई लालपूर्जा दिन, भदौमा भएको सहमति कार्यानवयन गर्न, दमन रोक्न लगायत नारा लगाएका थिए। अहिले पनि सुकुम्बासी बस्तीमा विरोध जारी छ। सोमबार महानगर प्रहरीले बस्ती भित्र पसेर सुकुम्बासीलाई हटाउन खोजेपछि झडप भएको थियो।