सुपर माई हाइड्रोपावरको आईपीओ खुल्दै

काठमाडौं। सुपर माई हाइड्रोपावर लिमिटेडले पहिलो चरणको साधारण शेयर (आईपीओ) मङ्सिर २१ गतेदेखि निष्काशन खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा इलाम जिल्लाका आयोजना प्रभावित स्थानीयलाई पाँच लाख कित्ता र श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकलाई ५० हजार कित्ता आईपीओ निष्काशन गर्न लागेको हो ।

बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार कम्पनीले इलामको आयोजना अति प्रभावित क्षेत्रका स्थानीयलाई २ लाख कित्ता र अति प्रभावित क्षेत्र बाहेक इलाम जिल्लाका अन्य स्थानीयलाई ३ लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो । त्यसैगरी ५० हजार कित्ता शेयर नेपाली श्रमिकलाई छुट्याइएको छ ।

आईपीओका लागि छिटोमा पुस ६ गते र ढिलोमा पुस २१ गतेसम्म आवेदन दिन सकिने छ । नेपाली श्रमिकलाई छुट्याईएको शेयरमा पुस ६ गतेसम्म मात्र आवेदन दिन सकिने बिक्री प्रबन्धकले जनाएको छ ।

ब्म्ख्भ्च्त्क्ष्क्भ्ःभ्ल्त्

Leave a Reply

Your email address will not be published. Required fields are marked *