काठमाडौँ। नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार मंगलबारको तुलनामा सुनको भाउ प्रतितोला २०० रुपैयाँ र चाँदी पाँच रुपैयाँले बढेको छ ।
यसअघि प्रतितोला ९७ हजार ४०० रुपैयाँ रहेको छापावाल सुनको भाउ बुधबार बढेर ९७ हजार ६०० रुपैयाँ पुगेको छ । यसैगरी प्रतितोला ९६ हजार ९०० रुपैयाँ रहेको तेजावी सुन आज ९७ हजार १०० रुपैयाँ बढेको छ ।
चाँदी प्रतितोला पाँच रुपैयाँले बढेको छ । यसअघि प्रतितोला एक हजार २८५ रुपैयाँ रहेको चाँदी आज बढेर एक हजार २९० रुपैयाँ पुगेको हो ।