सुनसरी क्षेत्र नम्बर ४ बाट ज्ञानेन्द्र बहादुर कार्की विजयी

सुनसरी । सुनसरी क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्र बहादुर कार्की विजयी हुनुभएको छ ।  सञ्चार सूचना तथा प्रविधिमन्त्री समेत रहेका कार्की १ सय १२ मतान्तरसहित विजयी हुनुभएको हो । 

सञ्चार सूचना तथा प्रविधिमन्त्री समेत रहनुभएका कार्की १ सय १२ मतान्तरसहित विजयी हुनुभएको हो ।  नेकपा एमालेका उम्मेदवार जगदीश प्रसाद कुसियैतविरुद्ध झिनो मतान्तरले विजयी हुनुभएको हो । 

अन्तिम मतपरिणाम अनुसार कार्कीले ३० हजार ४ सय ८३ मत प्राप्त गरेर विजयी हुनुभएको हो । कुसियैतले भने ३० हजार ३ सय ७१ मत प्राप्त गर्नुभएको छ । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयले औपचारिक घोषणा भने गर्न बाँकी छ। यहाँ ८१ हजार १ सय १९ मत खसेको थियो।

कार्की यसअघि ०७४ को निर्वाचनमा पनि सुनसरी–४ बाटै प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । त्यतिबेला उहाँले नेकपा एमालेका रमेश श्रेष्ठलाई पराजित गर्नुभएको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *