अध्यक्ष नेपाल तीन महत्वपूर्ण कार्यक्रममा सहभागी


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव नेपाल आज तीनवटा महत्वपूर्ण कार्यक्रममा सहभागी हुनुभएको छ ।

पार्टी निकट पत्रकारहरुको संस्था प्रेश संगठनको कार्यक्रमलाई बिहानै सम्बोधन गर्नुभएका अध्यक्ष नेपाल मुस्लिम र श्रम तथा रोजगार विभागको गोष्ठीमा सहभागी हुनुभएको हो । समाजवादी प्रेस संगठनको विस्तारित बैठकलाई सम्बोधन गर्दैै अध्यक्ष नेपालले पार्टीका गतिविधिको प्रचार तीव्र हुनुपर्नेमा जोड दिनुभयो ।

मुस्लिक इत्तेहाद संगठनको घोषणासभामा पुग्नुभएका अध्यक्ष नेपालले मुस्लिम समुदायलाई कलमको पक्षमा जनमत तयार गर्न निर्देशन दिनुभयो । वैशाखको स्थानीय चुनावमा मुस्लिम समुदायको वृहत् प्रतिनिधित्व हुनुपर्नेमा उहाँको जोड थियो ।

श्रम तथा आयोजित स्वदेशी तथा वैदेशिक रोजगारी सम्बन्धमा समस्या तथा समाधानबारे प्रतिवेदनबारेका छलफलमा पुग्नुभएका अध्यक्ष नेपालले विद्यमान समस्याका बारेमा गभ्भीर हुने बताउनुभएको छ । कार्यक्रममा मन्त्री किसान श्रेष्ठ र ट्रेड युनियनका नेताहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us