म्यादी प्रहरीमा भर्नाका लागि माग संख्याभन्दा तीन गुणा बढी आवेदन

काठमाडौं । आगामी स्थानीय तह निर्वाचनको सुरक्षाका लागि म्यादी प्रहरीमा भर्ना हुन तीन लाख ९३ हजार तीन सय १२ जनाले आवेदन दिएका छन् । माग संख्याभन्दा तीन गुणा बढी हो ।  

चैत ६ देखि १२ गतेसम्म आवेदन खुला गरिएकोमा उक्त अवधिमा तीन लाख ९३ हजार तीन सय १२ जनाबाट आवेदन आएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

चुनावमा सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत सुरक्षाकर्मी कम हुने भएपछि म्यादी प्रहरी राख्न लागिएको हो। विगतका चुनावमा पनि म्यादी प्रहरी राखिएका थिए। यसपटक एक लाख जना म्यादी प्रहरी भर्ना गर्न लागिएको छ । 

प्रहरीले ७७ जिल्ला प्रहरी कार्यालयबाट आवेदन माग गर्दा मागभन्दा धेरै आवेदन आएका छन्। आवेदन आएकामध्येबाट अब म्यादी प्रहरी छनौट गरिने प्रहरीले जनाएको छ।

म्यादी प्रहरीको लागि १८ वर्ष नाघेको र ५४ वर्ष ननाघेको हुनुपर्नेछ। म्यादी प्रहरीको कार्यअवधि बढीमा ४० दिनसम्मको हुने प्रधान कार्यालयले जानकारी दिएको छ। 

सेवा सुविधा स्वरूप म्यादी प्रहरीले नेपाल प्रहरीको जवान सरहको हुने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us