दोलखाको मात्र नतिजा आउन बाँकी

काठमाडौं । मंसिर ४ गते सम्पन्न आम निर्वाचन अन्तर्गत हालसम्म प्रतिनिधिसभाका १६५ मध्ये १६४ क्षेत्रको नतिजा सार्वजनिक भएको छ । अब दोलखाको मात्र नतिजा आउन बाँकी छ । त्यहाँ नेकपा एमालेका बालकृष्ण शिवाकोटीले अग्रता लिइरहनुभएको छ ।

प्रतिनिधिसभातर्फ अहिलेसम्म ५७ सिटसहित नेपाली कांग्रेस पहिलो स्थानमा छ । नेकपा एमाले ४४ क्षेत्रमा विजयी भई दोस्रो स्थानमा छ । तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले १७ र चौथो स्थानको नेकपा एकीकृत समाजवादीले १० स्थानमा जित हासिल गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *