विश्वकप फुटबलमा आज दुई खेल हुँदै

काठमाडौं। कतारमा जारी विश्वकप फुटबलको अन्तिम १६ का खेलहरू आज दुई खेल हुँदैछन्।

आज पहिलो खेलमा फ्रान्स र पोल्याण्ड भिड्नेछन्। नेपाली समयअनुसार यो खेल राति ८ः४५ मा रहेको छ। यस्तै राति १२ः४५ मा इङ्ग्ल्याण्ड र सेनेगलबीच प्रतिस्पर्धा हुँदैछ।

क्वार्टरफाइनलमा स्थान बनाउन चारै वटा टोलीबीच आज रोचक खेल हुने अनुमान गरिएको छ। यी चारमध्ये विजयी दुई टोलीले क्वार्टरफाइनलमा एकअर्काको सामना गर्नेछन्। क्वार्टरफाइनलको हालसम्म एक खेल तय भएको छ। जसमा अर्जेन्टिना र नेदरल्याण्ड्स भिड्दैछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us