काठमाडौं। रौतहट प्रहरीले सदरमुकाम गौरमा जमिनमुनि लुकाएर राखेको अवस्थामा ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ। प्रहरीले गाँजा ढुवानी गरेर ल्याएको आरोपमा ट्रक र चालकलाई समेत नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटबाट शनिबार खटिएको प्रहरी टोलीले गौर ३ स्थित कुखुरा फर्ममा छापा मारेर १ क्विन्टल ८० किलोग्राम गाँजा बरामद गरिएको एसपी वीरबहादुर ठाडा मगरले बताए । गाँजा ढुवानी गरेको आरोपमा प्रदेश ०१(००६(ख २८३० नम्बरको ट्रक र मकवानपुर आरा ३ का २१ वर्षीय चालक सुरेन्द्र स्याङतान सहितलाई नियन्त्रणमा लिइएको एसपी मगरले जानकारी दिए ।
मकवानपुरबाट ट्रकमा ल्याइएको गाँजा नियन्त्रणमा लिइएको जिल्ला प्रहरीका निमित्त प्रवक्ता डीएसपी उमाशंकर यादवले जानकारी दिए । कुखुरा फर्म सञ्चालक भारतीय नागरिक फिरोज मिया भने हालसम्म फरार रहेको र उनको खोजी भइरहेको प्रवक्ता यादवले बताए ।