काठमाडौं । डोल्पामा १४ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा शनिबार दिउँसो प्रहरीले एक युवक पक्राउ गरेको छ । पक्राउ पर्नेमा ठूलीभेरी नगरपालिका–५ का २६ वर्षीय कुमार बुढा छन् ।
गएको बुधबार बुढाले ती बालिकालाई स्थानीय लाग्माको जंगलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरीचौकी माझफालबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।