नदीमा डुबेर दुई युवतीको मृत्यु

बाँके। बाँकेको राप्ती नदीमा डुबेर राप्ती सोनारी गाउँपालिका वडा नम्बर ६ फत्तेपुर (डाँडा टेपरी) बस्ने २२ वर्षीया कञ्चन थारु र १३ वर्षीया अर्चना थारुको मृत्यु भएको छ।

बयर टिप्न पुगेका उनिहरु राप्तीमा डुबेर बेपत्ता भएका थिए। शनिबारदेखि वेपत्ता दुवै जनाको शव आइतबार बिहान राप्ती नदीमा फेला परेको हो। नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाले फेला पारेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us