काठमाडौं। आइतबार सार्वजनिक सूचना निकाल्दै नेपाल विद्युत् प्राधिकरणले आवेदन दिएको पाँच दिनभित्र मिटर कनेक्सन नजोडिए सिधै केन्द्रमा जानकारी गराउन भनेको छ।
प्राधिकरणले सिंगल पेज मिटर पाँच दिनभित्र र थ्रीफेज मिटर १० दिनभित्र नजोडिए सिधै केन्द्रीय कार्यालयको मोबाइल नम्बर ९८५१३२२११७ मा फोन गरेर जानकारी गराउन आग्रह गरेको हो। प्राधिकरण आफ्ना ग्राहकलाई छिटोछरितो रूपमा सेवा प्रवाह गर्न सदैव अग्रसर रहेको जानकारीसमेत प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयले जनाएको छ।