तोलामा ४०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं। नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य तोलामा ४०० रुपैयाँ बढेर प्रतितोला १ लाख रुपैयाँ नजिक पुगेको छ। साप्ताहिक कारोबारको दोस्रो दिन आज ९सोमबार० सूनको मूल्य बढेर ९९ हजार ९०० रुपैयाँ पुगेको हो। नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य ९९ हजार ९०० रुपैयाँ प्रतितोला पुगेको हो। यस्तै, तेजाबी सुनको मूल्य ९९ हजार ४०० रुपैयाँ प्रतितोला पुगेको छ।

यसअघि आइतबार पनि सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको थियो। आइतबार छापावाल सुन प्रतितोला ९९ हजार ५०० रुपैयाँ र तेजाबी सुन ९९ हजार रुपैयाँ प्रतितोलामा किनबेच भएको थियो। यस्तै, चाँदीको मूल्य पनि बढेको छ। तोलामा १५ रुपैयाँ बढेर सोमबार चाँदी प्रतितोला १ हजार ३८५ पुगेको छ। यसअघि आइतबार चाँदीको मूल्य तोलामा २५ रुपैयाँ बढेर प्रतितोला १ हजार ३७० रुपैयाँमा किनबेच भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *