काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछिको समग्र अवस्थाका बारेमा छलफल गर्न आज सोमबार अपरान्ह २ बजे सत्तारूढ गठबन्धनको बैठक बस्न लागेको छ ।
नेकपा (माओवादी केन्द्र) को हिजो पदाधिकारीको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महासचिव देवप्रसाद गुरुङले सोमबार सत्तारूढ गठबन्धनको बैठक बोलाइएको जानकारी दिनुभएको थियो। बैठकमा निर्वाचनको समग्र अवस्थाका बारेमा समीक्षा हुने बताइएको छ।
मंसिर ४ गते सम्पन्न निर्वाचनमा नेपाली कांग्रेसले ५७ स्थानमा जीत निकालेको छ। यस्तै माओवादी १८ स्थानमा विजयी भएको छ ।