काठमाडौं। प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि डा.तोसिमा कार्कीले आइतबार नेपाल मेडिकल काउन्सिलको सदस्य पदबाट राजीनामा दिनुभएको छ ।काउन्सिलका रजिष्ट्रार डा. कृष्ण अधिकारीले डा.कार्कीको राजीनामा प्राप्त भएको पुष्टि गर्नुभयो ।
अधिकारीले अन्नपूर्णसँग भन्नुभयो, ‘हामीकहाँ राजीनामा पत्र प्राप्त भएको छ । उहाँले दिनुभएको राजीनामा बारे स्वास्थ्य मन्त्रालयलाई जानकारी गराउँछौं ।ु कार्की ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित हुनुभएको थियो ।