प्रत्यक्षतर्फको १६५ क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १६५ क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगले दिएकाे जानकारी अनुसार नेपाली कांग्रेस ५७ क्षेत्रमा जित निकाल्दै प्रत्यक्षतर्फ सबैभन्दा ठूलो दल बनेको छ ।

नेकपा एमाले ४४ सिटसहित दोस्रो स्थान हासिल गर्न सफल भएकाे छ । पछिल्लो परिणामअनुसार एक मात्र निर्वाचन क्षेत्र रहेको दोलखामा सत्ता गठबन्धनको साथ पाएका गंगा कार्की विजयी भएसँगै नेकपा माओवादीको सिट १८ पुगेको छ।

समानुपातिकमा ३ लाख मत कटाएका राप्रपा, नेपाल राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीले भने प्रत्यक्षमा समान ७-७ सिट जितेका छन् । समानुपातिकतर्फ थ्रेस होल्ड कटाउन प्रयासरत एकीकृत समाजवादी प्रत्यक्षमा १० सिट जितेर चौथो स्थानमा रहेको छ।

अन्य दलहरू लोसपाले चार सिट, नागरिक उन्मिुक्ती पार्टी तीन सिट, राष्ट्रिय जनमोर्चा, नेमकिपा, जनमत पार्टीले समान एक/एक सिट जितेका छन् । देशभर स्वतन्त्र रुपमा उठेका उम्मेदवारमध्ये पाँच जनाले विजयी हासिल गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *