केवाएसी नभर्ने ग्राहकको बैंक खाता रोक्का गर्न बैंक तथा वित्तीय संस्थालाई परिपत्र

काठमाडौं । नेपाल राष्ट्र बैंकले ग्राहक पहिचान (केवाएसी) नभर्ने ग्राहकको बैंक खाता रोक्का गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई परिपत्र गरेको छ ।

एकीकृत निर्देशन २०७८ लाई संशोधन गर्दै केन्द्रीय बैंकले यस्तो निर्देशन दिएको हो । राष्ट्र बैंकले प्रचलित कानूनबमोजिम ग्राहक पहिचानसम्बन्धी प्रावधान पालना हुन नसक्ने व्यक्तिको हकमा खाता नखोल्न वा व्यावसायिक सम्बन्ध स्थापना नगर्ने वा खाता खोलेको भए व्यावसायिक सम्बन्ध अन्त्य गर्नुपर्ने जनाएको छ ।

त्यस्तो अवस्थामा आवश्यक ठानेमा बैंक तथा वित्तीय संस्थाले शंकास्पद कारोबार गतिविधि प्रतिवेदन वित्तीय जानकारी इकाईमा पेस गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us