घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं। सुनको मूल्य सोमबारको तुलनामा मंगलबार तोलामा ६०० रुपैयाँले घटेको मंगलबार नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार छापावाल सुन तोलाको ९९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९८ हजार ८०० रुपैयाँ तोकिएको छ । सोमबार तेजावी सुनको मूल्य तोलाको ९९ हजार ४०० रुपैयाँ निर्धारण गरिएको थियो ।मंगलबार चाँदीको मूल्य पनि ३५ रुपैयाँले घटेको छ । चाँदी १३ सय ५० रुपैयाँले कायम भएको छ । सोमबार चाँदीको भाउ १३ सय ८५ रुपैयाँ कायम रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *