काठमाडौं। काठमाडौं महानगरपालिकाले लोकसेवा आयोगको अस्थाइ वा वैकल्पिक सूचीमा रहेको इन्जिनियरलाई महानगरपालिकाद्वारा सम्पादन हुने प्रवाधार सम्बन्धी कामको लागि करारमा नियुक्त गर्ने भएको छ ।
काठमाडौं महानगरले नातावाद कृपावादको चलन तोडदै नियुक्तीमा चलखेल हुन सक्ने अनि सक्षम र योग्यले मात्र स्थान पाउनुपर्ने भन्दै ‘लोकसेवा आयोगले विभिन्न मितीमा लिएको परिक्षामा पास भएर पनि काम गर्न नपाएका (अस्थाई वा बैकल्पिक लिस्टमा परेका) ईन्जिनियरहरुलाई उनिहरुले प्राप्त गरेको स्कोर र योग्यताको आधारमा करारमा नियुक्ती गर्ने भएको छ।’
महानगरले आज मंगलबार जारी गरेको सुचनामा आयागेले सार्वजनिक गरेको १५ वटा विज्ञापनका अस्थायी तथा वैकल्पिक क्रममा भएका सिभिल इन्जिनियर, आर्किटेक इन्जिनियर, इलेक्ट्रिक ईन्जिनियर, स्ट्रक्चर ईन्जिनियरलाई योग्यता क्रम अनुसार करारमा नियुक्ति गर्ने उल्लेख गरेको छ ।महानगरले यो सुचना प्रकाशन गरेको मितिको सात दिनभित्र उल्लेखित कागजात सहित निवेदन दिन यस सुचना प्रकाशित गरेको हो ।