आज एमालेको केन्द्रीय कार्यालय बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कार्यालय बैठक बुधबार बस्ने भएको छ । विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र चुनावपछिको रणनीति बनाउन बैठक बस्न लागिएको बताइएको छ । चुनावको अन्तिम नतिजा आइसकेको अवस्थामा कसरी अगाडि बढ्ने भन्नेबारे रणनीति बनाउन बैठक बस्न लागेको एक नेताले बताउनुभयो ।

पार्टी स्रोतका अनुसार पार्टी केन्द्रीय कार्यालय च्यासल ललितपुरमा अपरान्ह १ बजेका लागि बैठक बोलाइएको छ।महासचिवको संयोजकत्वमा रहेको केन्द्रीय कार्यालयमा ३ उपमहासचिव र पार्टीका ७ जना सचिव रहने व्यवस्था छ। चुनावी नजिताको समीक्षा गर्दै बैठकले सचिवालय बैठकका एजेण्डा तय गर्ने तयारी गरिएको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *