अध्यक्ष नेपाल र अमेरिकी राजदूत थोम्पसनबीच भेटवार्ता

काठमाडौं। एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र अमेरिकी राजदूत डिन आर थोम्पसनबीच बुधबार दिउँसो एकीकृत समाजवादीको केन्द्रीय कार्यालय शान्तिनगरमा भेटवार्ता भएको छ ।

पूर्वप्रधानमन्त्रीसमेत रहनु भएका नेपालले थोम्पसनलाई कार्यकाल सफलताको कामना गर्नु भएको थियो । दुवैबीच नेपाल अमेरिका सम्बन्धका विविध विषयमा कुराकानी भएको अध्यक्ष नेपालले सामाजिक सञ्जालमा उल्लेख गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *