प्रचण्ड सोमबार रोल्पा जाने

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सोमवार रोल्पा जानुहुने भएको छ ।

युद्ध पर्यटनलाई टेवा पुर्याउनेगरी रोल्पा नगरपालिकाले निर्माण गरेको (जनयुद्ध स्मृति टावर) को उहाँले उद्घाटन गर्नुहुने छ । करिब ६ करोडमा निर्माण सम्पन्न टावरको मध्याह्न प्रचण्डले उद्घाटन गर्ने मेयर पूर्ण केसीले जानकारी दिनुभयो । यसपछि अध्यक्ष दाहालले पार्टीले लिबाङको टुँडिखेलमा आयोजना गर्ने आमसभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।  

टावरमा माओवादी १० वर्षे सशस्त्र विद्रोहको क्रममा सहादत प्राप्त गरेका एक हजार बढी सहिदको नाम राखिएको छ । कतिपयको शालिक पनि राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us