एजेन्सी । निस्किएका छन् । तीन दिने भ्रमणका लागि उनी राजधानी रियाद पुगेका छन् । यो भ्रमण विशेष गरी ऊर्जा सम्बन्धमा केन्द्रित रहेको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले बताएका छन् ।
राष्ट्रपति सीको साउदी अरब भ्रमण अमेरिकासँगको महिनौँको तनावपछि हुन लागेको हो । व्यापार तनाव र ताइवानबारे अमेरिकी धारणाका कारण चीन र अमेरिकाबीचको सम्बन्ध विगत केही समयदेखि तनावपूर्ण छ। कच्चा तेलको प्रमुख निर्यातकर्ता साउदी अरब र चीन कोभिड महामारी र रुस–युक्रेन युद्धका कारण देखिएको विश्वव्यापी आर्थिक उथलपुथल साथै भूराजनीतिक पुनःमिलनको समयमा आफ्नो सम्बन्ध विस्तार गर्न उत्सुक देखिएका विश्लेषण गरिएको छ ।
सन् २००५ देखि २०२० को बीचमा अरब क्षेत्रमा चिनियाँ लगानीको २० प्रतिशतभन्दा बढी हिस्सा साउदी अरबले ओगटेको थियो । साउदी अरब र चिनियाँ अधिकारीहरूले भ्रमण कार्यसूचीको बारेमा थोरै मात्रै जानकारी दिएका छन् ।
यद्यपि सरकारका निकट साउदी विश्लेषक अली शिहाबीले ‘धेरै सम्झौतामा हस्ताक्षर हुने’ सङ्केत गरेका समाचार संस्था एएफपीले जनाएको छ।